दफा १३
कसूरको सुचना दिनु पर्ने
०(१) कसैले यस ऐन विपरित कुनै काम हुन लागेको भैरहको वा भैसकेको कुरा थाहा पाएमा सोको जानकारी आन्तरिक राजस्व कार्यालय करदाता सेवा कार्यालय वा नजिकको प्रहरी कार्यालयमा लिखित वा मौखिकरूपमा दिन सक्नेछ । त्यसरी प्राप्त लिखित सूचना वा मौखिकरूपमा प्राप्त भएको सूचनालाई लिखितरूपमा तयार गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा पठाउनु पर्नेछ ।

(२) सूचना दिने व्यक्तिले आफ्नो नाम गोप्य राख चाहेमा साङ्केतिक भाषामा आफ्नो परिचय दिन सक्नेछ ।

(३) सूचना दिँदा सूचना दिने व्यक्तिले आफूले थाहा पाएको स्रोत खुलाउन बाध्य हुने छैन ।

(४) यस दफा बमोजिमको कसूरको सूचना दिने सुराकीलाई सूचनाको सत्यताको आधारमा विभागद्वारा तोकिएको कार्यविधि बमोजिम महानिर्देशक वा कार्यविधिमा तोकिएको अधिकारीले तत्काल दश हजार रुपैयाँसम्म सुराकी खर्च दिन सक्नेछ ।